FAQs Complain Problems

शाखागत कार्यविरण

  1. प्रशासन¸ योजना तथा अनुगमन शाखा :
  1. कर्मचारी प्रशासन उप शाखा
  • कर्मचारीहरुको स्थायी, अस्थायी, करार रिक्त पदहरुको पदपूर्ति सम्बन्धी कार्यहरू ।
  • नयाँ नियुक्ती र बढुवा भई आएका कर्मचारीहरुको पदस्थापन सम्बन्धी कार्यहरू ।
  • कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी कार्यहरू ।
  • कार्यरत कर्मचारीहरुको हाजिरि अभिलेख, घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा कारवाही सम्बन्धी कार्यहरू ।
  • कार्यालयको कर्मचारी समूहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरू,
  • कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी कार्यहरू,
  • कार्यरत कर्मचारीहरुलाई विभिन्न पुरस्कार तथा पदकका लागी सिफारीश सम्बन्धि कार्यहरू,
  • निजामति सेवा ऐन तथा नियमावलीअनुसार स्वीकृत दिने सम्बन्धी कार्यहरू,
  • संगठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागी सम्वन्धित निकायमा लेखी पठाउने।  
  • गाउँपालिकामा बन्ने ऐन, कानुन, नियमावली, कार्यविधि, गाउँपालिका राजपत्र प्रकाशन सम्बन्धि कार्यहरु ।
  • कर्मचारीहरुको अभिलेख व्यवस्थापन ।
  • अन्य शाखा¸ उपशाखाका तथा इकाईहरुको जिम्मेवारीमा नपरेका सबै कामहरु गर्ने ।
  • प्रचलित कानून बमोजिम सम्पादन गर्नु पर्ने कार्यहरु ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
  1. योजना तथा अनुगमन उप शाखा: 
  •  स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन (योजना व्यवस्थापन सफ्टवेयर संचालन) सम्बन्धी कार्यहरु ।
  •  गाउँपालिकाको चौमासिक, वार्षिक एवम् आवश्यकता अनुरुपको प्रगति प्रतिवेन सम्बन्धी कार्य।
  •  विभिन्न संघ सस्थाहरुको साझेदारी हुने योजना तथा कार्यक्रमहरुको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन सम्बन्धी कार्यहरु ।
  •  आगामि आ.व. को वार्षिक बजेट तथा कार्यक्रमको निमार्ण तयारी सम्बन्धी कार्यहरु।
  • वार्षिक स्वीकृत कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनको लागि उपभोक्ता समिति तथा वडा कार्यालयहरु संग समन्वय तथा सहजिकरण सम्बन्धी विभिन्न कार्यहरु।
  • गाउँपालिकाको दीर्घकालिन, आवधिक र वार्षिक योजना तर्जुमा तथा सोको कार्यान्वयन सम्बन्धी कार्यहरु ।
  • उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यहरु साथै अध्यक्षज्यू/प्रमुख प्रशासकीय अधिकृतज्यूको निर्देशन तथा समन्वय अनुसारका विभिन्न कार्यहरु ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
  1. कानूनी मामिला उप शाखा :
  • न्यायिक समितिमा परेका उजुरीहरुको अभिलेख राख्ने ।
  • विभिन्न उजुरीमा छलफल भै कार्वाहि भएका उजुरीहरुको अभिलेख राख्ने ।
  • स्थानीय तहबाट कार्वाही हुन नसक्ने उजुरीहरुलाई पुनरावेदनको लागि सिफारिस गर्ने ।
  • वडामा गठन गरिएका मेलमिलाप कर्ताहरुको अभिलेख प्रत्येक वडामा राख्न लगाउने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
  1. रोजगार सेवा केन्द्र 
  • स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने ।
  • सूचीकृत तथा कामका लागि पारिश्रमिकमा आधारित आयोजनाहरुमा खटिएका श्रमिकहरुलाई परिचय­­­–पत्र उपलब्ध गराउने ।
  • स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने ।
  • स्थानीय तह भित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको    तथ्यांक संकलन गर्ने रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम युवा रोजगारिका लागि रुपान्तरण पहल आयोजना तथा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगतका गतिविधिहरु सूचना प्रणालीमालाई प्रविष्टि गर्ने ।
  • रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी  गराउने ।
  • रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने ।
  • बेरोजगारहरुको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने ।
  • आफ्नो कामकारवाहीको बारेमा नियमित रुपमा सम्बन्धित गाउँकार्यपालिकामा प्रतिवेदन पेश गर्ने ।
  • ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारबाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मासिक रुपमा प्रतिवेदन पठाउने ।
  • आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने ।
  • वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने ।
  • रोजगार सम्बन्धी सरोकारवालालाई आवश्यक अन्य सेवा प्रदान गर्ने ।
  • बेरोजगारहरुको विवरण अध्यावधिक गर्ने¸ नयाँ वेरोजगार दर्ताका लागि सूचना प्रणालीमा प्रविष्ट गर्ने ।
  • कामका लागि पारिश्रमिकमा आधारित आयोजनाहरुको अनुगमन तथा । आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • उँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
  1.  दर्ता/चलानी तथा सहायता कक्ष :
  • शाखाबाट तयार भएका पत्रहरुको चलानी किताबमा चलानी रेकर्ड राख्ने ।
  • विभिन्न मन्त्रालय¸ विभाग¸ शाखा महाशाखाबाट प्राप्त पत्रको दर्ता रेकर्ड राख्ने ।
  • तोक आदेश लागेका पत्रहरुलाई शाखा¸ उपशाखा तथा सम्वन्धित कर्मचारी समक्ष पुर्‍याउने ।
  • सेवाग्राहीहरु तथा अन्य सोधपुछ गर्न आउने नागरिकहरुलाई सेवा लिने र देने सम्वन्धी कुनै समस्या आए सहयोग गर्ने ।

 

  1. पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखाः
    1. सडक तथा अन्य पूर्वधार विकास उप शाखा :
  • सडक मापदण्ड निर्धारण तथा मापदण्डको कार्यान्वयन ।
  • सडक योजनाको लागत अनुमान तयार तथा कार्यसम्पादनको आधारमा प्रतिवेदन तयार गर्ने ।
  • कजवे, नाली, पुल, सिन्चाई, खानेपानी, पार्क लगायत पूर्वाधार निर्माण सम्बन्धी कार्य गर्ने ।
  • ग्रामिण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन कार्य गर्ने ।
  • ग्रामिण तथा कृषि सडक झोलुङ्गे पुल, पलेसा, सिँचाई र तटबन्धन सम्बन्धी गरुयोजनाको तर्जुमा कार्यान्वयन मर्मत सम्भार र नियमन कार्य गर्ने ।
  • सिँचाइ प्रणालिको निर्माण सन्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्ति अनुगमन र  नियमन कार्य गर्ने । 
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
    1. भवन तथा बस्ति विकास उप शाखा :
  • जग्गाको नाप नक्सा, कित्ताकाट, हाल साविक, रजिष्ट्रशन नामसारी तथा दाखिला खारेज गर्ने ।
  • जग्गा धनी दर्ता प्रमाणपुर्जा  वितरण तथा लगत व्यवस्थापन गर्ने।
  • भूमिको वर्गिकरण अनुसारको लगत गर्ने।
  • सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजिकरण।
  • नापि नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा सम्नवय र सहजिकरण।
  • जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।

 

 

 

  1. वातावरण सरसफाई तथा विपद् व्यवस्थापन :
  • विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामाग्रीको पूर्व भण्डारण वितरण र सम्नवय ।
  • तटबन्ध, नदि र पहिरोको नियन्त्रण तथा नदिको व्यवस्थापन  गर्ने।
  • विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरुको पहिचान  गर्ने।
  • विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश स्थानिय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य गर्ने।
  • विपद् व्यवस्थापन कोषको स्थापना तथा सन्चालन र स्रोत साधनको परिचालन गर्ने। 
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
    1. खानेपानी तथा सरसफाई उप शाखा :
  • खानेपानी र सरसफाई गुरुयोजना (WASH Planning)  निर्माणमा सहयोग पुर्याउने
  • खानेपानी र सरसफाई संग सम्बधित नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्याउने
  • पूर्ण सरसफाई (Total Sanitation ) कार्यको लागि कार्यक्रम तयार पारि कार्यान्यन गराउने
  • बिद्यालय/समुदायमा स्वच्छ खानेपानी तथा पूर्ण सरसफाई को बिषयमा विभिन्न प्रकारका चेतनामुलक कार्यक्रम गर्ने
  • खानेपानी र सरसफाई क्षेत्र संग सम्बधित संघ संस्था संग समन्यव गर्ने
  • गाउँपालिकाको लागत साझेदारीमा संचालित सम्पूर्ण खानेपानी तथा सरसफाई आयोजनाको अनुगमन,गुणस्तर नियन्त्रण,आवश्यक सल्लाह सुझाब दिने
  • गाउँपालिका भित्र संचालित/संचालन हुने खानेपानी आयोजनाको गुणस्तर(Water Quality Test)गर्ने
  •  गाउँपालिका द्वारा संचालित खानेपानी तथा सरसफाई संग सम्बन्धित आयोजनाको सर्बे ,लागतअनुमान तयार, अनुगमन , भुक्तानीका लागि सिफारिस गर्ने
  • मासिक Staff Meeting मा प्रगति विवरण बुझाउने

 

  1. स्वास्थ्य तथा सामाजिक विकास शाखा:
    1. स्वास्थ्य शाखा
  • स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन ।
  • औषधी तथा अन्य मेडिकल उत्पादनहरुको न्यूनतम मूल्य निर्धारण गर्ने ।
  • औषधी र स्वास्थ्य उपकरणको खरिद भण्डारण र वितरण गर्ने ।
  • स्वास्थ्य सूचना प्रणालिको व्यवस्थापन गर्ने ।
  • जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन गर्ने ।
  • सुर्ति मदिरा र लागु पदार्थजन्य बस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि गर्ने।
  • जनस्वास्थ आपतकालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यन्वयन गर्ने।
  • रोगको नियन्त्रण तथा रोकथाम गर्ने। 
  • स्वास्थस्य सम्वन्धी घुम्ति सिविरहरु सञ्चालन गर्ने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।

 

  1. महिला बालबालिका तथा जेष्ठ नागरिक उप शाखा :
  • जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक परिचयपत्र वितरण सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण गर्ने ।
  • जेष्ठ नागररिक क्लव दिवा सेवा केन्द्र भेटघाट स्थल आश्रय केन्द्रको सन्चालन तथा व्यवस्थापन गर्ने ।
  • सङ्घ तथा प्रदेशसँग समन्वयमा अपाङ्गता पुनस्थापना केन्द्र जेष्ठ नागरिक केन्द्र तथा अशक्त स्वाहार केन्द्राको सन्चालन र व्यवस्थापन गर्ने ।
  • सडक बालबालिका अनाथ असहाय अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरुको पुनस्थापना केन्द्रको सन्चालन व्यवस्थापन अुनगमन र नियमन गर्ने ।
  • जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अशाक्तहरुको व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने। 
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
    1. समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता उप शाखा :
  • सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणालि मार्फत सन्चालन गर्ने ।
  • सामाजिक सुरक्षा तथा गरिब निवारण सम्बन्धी स्थानीय निति कानून मापदण्ड नियमन र अध्ययन अनुस्नधान गर्ने।
  • लक्षित समूह सम्बन्धी गाउँपालिकाको योजना कार्यक्रम स्रोत परिचालन र व्यवस्थापन गर्ने ।
  • समाजिक सुरक्षा सम्बन्धी तथ्याङ्क र सूचना व्यवस्थापन  सबै वडामा  गर्ने । 
  • गरिव घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण सूचना व्यवस्थापन गर्ने ।
  • मासिक रुपमा वडा बाट व्यक्तिगत घटना दर्ता विवरण लिने ।
  • वार्षिक रुपमा सम्पूर्ण व्यक्तिगत घटना दर्ता विवरण विभागलाई पठाउने ।
  • घुम्ति सिविरहरु सन्चालन गर्ने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।

 

 

 

  1. सूचना प्रविधि तथा विद्युतीय सुशासन शाखाः
  • बारेकोट गाउँपालिकाको कार्यलयको सूचना प्रविधि नीतिको कार्यान्वयन गर्ने । 
  • नेटवर्किङ इन्टरनेट वाइफाइको कनेक्टिभिटि सिसिटिभि आदिको व्यवस्थापन गर्ने । 
  • वेभसाइट तथा इमेल व्यवस्थापन गर्ने । 
  • सन्चालित विभिन्न प्रणालि सन्चालनमा आइपर्ने समस्याहरुको समाधान गर्ने ।
  • सूचना प्रविधि सम्बन्धी हार्डवेयर तथा सफ्टवयेर सपोर्ट गर्ने ।
  • सूचना प्रविधिसँग सम्बन्धीत तालिम संचालन गर्ने ।
  • सूचना प्रविधि उपकरण तथा प्रणालीको मर्मत सम्भार सम्बन्धी कार्य गर्ने ।
  • सूचना प्रविधि सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने । 
  • गाउँपालिकामाको सूचना तथा अभिलेख केन्द्रको व्यवस्थापनमा सहयोग गर्ने ।
  • सूचना प्रविधि तथा विधुतीय सुशासनको प्रयोगमा सहयोग गर्ने ।
  • आफ्नो शाखाबाट सम्पादन हुने कार्यहरुको वार्षिक कार्यतालिका तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
  1. शिक्षा¸ युवा तथा खेलकुद शाखाः
  • विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने गराउने ।
  • सामुदायिक विद्यालका शिक्षक तथा कर्मचारीहरुको तलव प्रतिवेदन पारित गराउने।
  • विद्यालय व्यवस्थापन समितिर शिक्षक अभिभावक संघ गठन गर्ने गराउने ।
  • कार्यपालिकाबाट स्वीकृत मापदण्डको आधारमा शिक्षकको सरुवा तयारी गर्ने ।
  • विद्यालय व्यवस्थापन समितिको सिफारिसमा समितिमा शिक्षकलाई विद्यालय समय बाहेक वा विद्यालको नियमित पठन पाठनमा असर नगर्ने गरी अतिरिक्त समयमा अन्यन्त्र कार्य गर्नु पुर्व स्वीकृत प्रदान गर्ने ।
  • शिक्षकको गुणस्तर बढाउनको लागि शिक्षक प्रधानध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको समय समयमा बैठक गोष्टी वा तालिमको संचालन गर्ने।
  • आधारभुत तहको अन्त्यमा लिइने परीक्षा सन्चालन गर्न परीक्षा सन्चालन समितिको सदस्य सचिव भई कार्य गर्ने ।
  • नियुक्ति वा बढुवाको लागि आयोगबाट सिफारिस भई आएका शिक्षक वा कर्मचारीलाई विद्यालयमा नियुक्ति गर्ने ।
  • सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा विवरण तथा अन्य अभिलेख अद्यावधिक गर्ने गराउने । 
  • शिक्षक वा कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गरी त्यसको विवरण आयोगमा पठाउने। 
  • विद्यार्थि संख्या घटन गई फाजिलमा परेका सामुदायिक विद्यालयका शिक्षकलाई अर्कै सामुदायिक विद्यालयमा मिलान गर्ने शिक्षा समितिमा सिफारिस गर्ने। 
  • खेलकुदको स‌रचनाको पूर्वधार निर्माण सन्चालन तथा विकास गर्ने ।
  • खेलकुद विकास गर्ने ।
  • खेलकुद प्रशासन तथा संङ्घ संस्थाको नियमन र समन्वय गर्ने । 
  • IEMIS प्रणालीको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
  1. आर्थिक विकास शाखा :
    1. पशु सेवा उप शाखा :
  • कृषि तथा पशुजन्यक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने ।
  • पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन गर्ने ।
  • स्थानिय चरन तथा खर्क विकास र व्यवस्थापन गर्ने ।
  • पशु आहारको गुणस्तर नियमन गर्ने ।
  • पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली प्रयोग गर्ने ।
  • पशु बधशाला र शित भण्डारणको व्यवस्थापन गर्ने ।
  • पशुपक्षी  सम्बन्धी बिमा र कर्जा सहजिकरण गर्ने ।
  • पशुपालन तथा पशु स्वास्थय सम्बन्धी अन्य कार्य गर्ने ।
  • पशु उपचार सम्वन्धी घुम्ति सिविरहरु सञ्चालन गर्ने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
    1. कृषि सेवा उप शाखाः
  • कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण व्यवस्थापन र परिचालन गर्ने ।
  • कृषकहरुको क्षमता अभिवृद्धि प्राविधिक सेवा टेवा सीप विकास र सशक्तिकरण गर्ने।
  • कृषि बिउविजन नश्ल मलखाद र रसायन तथा औषधिहरुको आपूर्ति उपयोग गर्ने ।
  • कृषक समूह कृषि सहकारी र कृषि सम्बन्धी सङ्घ संस्थाहरुको समन्वय व्यवस्थापन गर्ने ।
  • कृषि सम्बन्धी प्रविधिको संरक्षाण र हस्तान्तरण गर्ने ।
  • कृषि सम्बन्धी सूचना प्रचारप्रसार गर्ने ।
  • गाउँपालिका स्तरका स्रोत केन्द्रहरुको विकास र व्यवस्थापन गर्ने ।
  • प्राङ्गरिक खेति तथा मलको प्रर्वद्धन र प्रचार प्रसार गर्ने ।
  • विभिन्न सिविरहरु सञ्चालन गर्ने ।
  • किसान सूचिकरणको कार्यलाई प्रभावकारी बनाउने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
    1. लघु उद्यम (मेड्पा) इकाई :
  • सहभागीहरु र जनप्रतिनिधी बीचमा कार्यक्रम सम्बन्धी औपचारिक अभिमुखिकरण कार्यक्रम गर्ने ।
  • सहभागीहरुको सहभागीतामा उनिहरुको बस्तीमा गएर श्रोत सम्भाव्यता अध्ययन तथा सम्भाबित लघु उद्यम को पहिचान गर्ने ।
  • घरधुरी सर्वेक्षण फाराम ए ,बी भर्ने र तथ्याङक संकलन गर्ने ।
  • उधमशिल्ता तालिम मार्फत व्यवसाय सचेतना ,व्यवसाय सुरु तथा लैंगिक समानता तथा सामाजीक समाबेशीकरण तालिम सम्पन्न गर्ने
  • उद्यमीहरुलाई उद्यम छनौट गर्न लगाउने तथा समुह गठन गर्ने ।
  • छनौट भएका व्यवसाय सम्बन्धी सीप बिकास तालिम संचालन गर्ने
  • उद्यमी समुहहरुलाई प्रबिधि हस्तान्त्रण गर्ने ।
  • भईरहेका  उद्यमीहरुको तथ्याङक संकलन गरि आवश्यकक्ता हेरी प्रबिधी हस्तान्त्रण ,तथा पुर्नताजकी तालिम संचालनमा ल्याउने अथवा स्त्तरोन्न्ती गर्ने ।
  • उद्यमीहरुलाई व्यवसाय संचालनका गर्न ऋण प्र्रवाह गर्नको लागी बित्तीय संघ संस्थाहरुसंग सहजीकरण तथा दुई पक्ष बिच अन्र्तक्रिया तथा सहकार्य गराउने ।
  • उद्यमीहरुले उत्पादन तथा तयार गरेका बस्तुहरु बजारीकरण, बिक्री बितरण गर्न बिभिन्न स्थानिय सरकारी गैह्र सरकारी संघ संस्था संग सहजीकरण गर्ने ।
  • उद्यमीहरुलाई आवश्यक्ता अनुसार व्यावसायिक परामर्श उपलब्ध गराउने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३र३ महिनाको कार्य प्रगति तयार गर्ने ।
  1. आर्थिक प्रशासन शाखा:
  • बारेकोट गाउँपालिका र अन्तर्गतको आर्थिक प्रशासनको सञ्चालन गर्ने ।
  • कारोबारकाो लेखा राख्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने । 
  • सबै प्रकारका कारोवारको निर्धारित ढाँचामा मासिक¸ चौमासिक तथा बार्षिक आर्थिक विवरण तयार गर्ने ।
  • सम्बन्धित निकायमा आवधिक नियमित तथा पटके प्रतिवेदन गर्ने । 
  • आन्तरिक तथा अन्तिम लेखापरिक्षण गराउने । 
  • बारेकोट गाउँपालिका र अन्तर्गत कार्यालयहरुको बजेट तयार गर्ने गराउने, छलफल गर्ने । 
  • अन्तर्गतका कार्यालयहरुको बजेट बाँडफाँड तथा खर्च गर्ने अख्तियारी तयार गर्ने । 
  • आवश्यक अनुसार थप बजेट र निकासा प्राप्त गरी बाडफाँड गर्ने । 
  • बेरुजुको लगत राख्ने, संपरिक्षण, फर्छयौट र प्रतिवेदन गर्ने । 
  • बारेकोट गाउँपालिकाको कार्य सञ्चालन सँग सम्ब्नधित अन्य आवश्यक आर्थिक कार्यहरु गर्ने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
  1.  राजश्व व्यवस्थापन उपशाखाः
  • अनलाइन तथा राजश्व सफ्टवेयर माध्यमबाट राजश्व संकलन गर्ने ।
  • राजश्व सफ्टवेयर चलाउन समस्या आएमा सबै वडा कार्यालयमा अनलाइन मिटिङ (Zoom)¸ Any Desk तथा प्रत्यक्ष भेटेर सहयोग गर्ने र  राजश्व संकलन लाई प्रभाकारी बनाउने । 
  • वडा बाट उठाएको राजश्व सिधै बैकमा दाखिला गर्ने ।
  • नदि जन्य पदार्थको निकासी गर्न ठेक्का लागु हुनु भन्दा अगाढी गाउँपालिकाबाट कर्मचारी खटाई राजश्व संकलन गर्ने ।
  • दहत्तर बहत्तर ठेक्का सम्बन्धी काम गर्ने ।
  • अबैध रुपमा नदि जन्य पदार्थको निकासी पैठारी तथा उत्खनन् गर्ने कार्य कम गर्ने त्यस्ता कार्य गर्नेलाई राजश्व तिर्न लागउने ।
  • गाउँपालिकामा रहेको यम्बुलेन्स बाट विरामी तथा व्यक्तिगत प्रयोजनमा उठाउने सबै रकम मर्मत संभार कोषमा जम्मा गर्ने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
  1. जिन्सी व्यवस्थापन उप शाखा :
  • गाउँपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोबस्तीका सामानको आवश्यकता पहिचान गरी खरिदको योजना तयार गर्ने ।
  • विभिन्न प्रकारका वस्तु तथा सेवा आपूर्ति गर्न इच्छुक व्यक्ति, संस्था, कम्पनी लगायतको सूचि अध्यावधिक गराउने ।
  • हरेक आर्थिक वर्षको सुरुमै अनुमान गरिएका आवश्यक सामानहरुको दररेट माग गरी स्वीकृत गराई राख्ने ।
  • गाउँपालिकाभित्रको सरकारी सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन लगायत स्थिर सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने ।
  • लिलाम गर्नुपर्ने तथा मर्मत गर्नुपर्ने सामानको प्रत्येक वर्षको पहिलो चौमासिक भित्र विवरण तयार गरी लिलाम गर्नुपर्ने सामानको हकमा लिलाम गर्ने प्रक्रिया अघि बढाउने, मर्मत गर्नुपर्ने सामानको लागत अनुमान तयार गरी मर्मतको लागि पेश गर्ने ।
  • कार्यालयको नाममा रहेका सम्पूर्ण सवारी साधनको अध्यावधिक विवरण तयार गरी मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने देखिएका सवारी साधनको सोही बमोजिम प्रक्रिया अगाडि बढाउने ।
  • खरिद गर्नुपर्ने देखिएका सामानहरु समयमा नै खरिद गरी कार्य सञ्चालनमा अभाव नहुने व्यवस्था मिलाउने ।
  • प्रचलित कानून बमोजिम प्रत्येक वर्ष जिन्सी निरीक्षण गराउने ।
  • कार्यालयका लागि आवश्यक जिन्सी सामानको व्यवस्थापन, भण्डार दाखिला, निकासी सम्बन्धी सबै काम गर्ने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।

 

 

  1. आन्तरिक लेखा परीक्षण शाखा :
  • नगरपालिकाले निर्दिष्ट उद्देश्य हासिल गर्न गरेको लगानी नियमित, मितव्ययी र प्रभावकारी भए नभएको परिक्षण गर्ने र व्यवस्थापनलाई सुझाव प्रदान गर्ने ।
  • आन्तरिक नियन्त्रण सम्बन्धी कार्यविधि तर्जुमा तथा संसोधन कार्यमा सहयोग गर्ने र त्यसको प्रभावकारीताको परीक्षण गरी आवश्यक पृष्ठपोषण दिने ।
  • आम्दानी, खर्च र त्यस्को लेखांकन प्रचलित कानूनद्वारा निर्दिष्ट प्रकृया अनुसार भए नभएको (मासिक वा पूर्व) परिक्षण गरि चौमासिक रुपमा प्रतिवेदन गर्ने ।
  • वित्तीय पारदर्शिता र जवाफदेहीता कायम गर्न सहयोग पुर्याउने ।
  • वित्तीय प्रतिवेदन समयमै, सही र भरपर्दो रुपमा उपवव्ध गराइ वित्तीय अनुशासन कायम गर्न सहयोग पुर्याउने ।
  • आन्तरिक लेखापरीक्षण सम्बन्धी सुधारका विषयवस्तुलाई प्रभावकारी पार्न नीतिगत पृष्ठपोषण गर्ने ।
  • अन्तिम लेखापरीक्षण अगावै त्रुटि सच्याउन लगाई वेरुजु हुन नदिने ।
  • महालेखा परीक्षकबाट हुने अन्तिम लेखापरीक्षणलाई सहयोग पुर्याउने ।
  • सदस्य सचिवको रुपमा लेखा समितिको काम कारबाहीमा सहयोग गर्ने ।
  • आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
  • गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।