FAQs Complain Problems

२०७८/०७९

बारेकोट गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब १९२ कि. मि. उत्तरमा रहेको यस बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भूभागले ढाकेको छ । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गाउँ गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेका यहाँका ऐतिहाँसिक बाह्र (१२) वटा कोट (डाँडा वा थुम्का) हरु क्रमश : सिनाकोट¸धौलकोट¸रानाकोट¸ सुवाकोट¸ तलकोट¸ चिमकोट¸ रतनकोट¸ उनीकोट¸ दुनीकोट¸ लम्तीकोट¸ नयरकोट र चुत्रीकोट को नामबाट नामाकरण गरिएको हो ।  यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ ।

      कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहहरु मध्ये बारेकोट गाउँपालिका एक २०७३।११।२७ मा गठित स्थानीय तह हो । जाजरकोट जिल्लामा विद्यमाना ३ नगरपालिका र ४ वटा गाउँपालिका  मध्ये बारेकोट गाउँपालिका पनि एक हो । गाउँपालिकाको केन्द्र साविकको रोकाय गाउँ गा वि स को लिम्सामा अवस्थित छ । यस गाउँपालिकामा विभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृतिका मानिसहरुको बसोबास भएता पनि यस क्षत्रीहरुको बाहुल्यता रहेको छ ।  समुन्द्र सतहदेखि करिब ६१० देखि ५४१२ मिटरसम्मको उचाइमा रहेको बारेकोट गाउँपालिका भौगोलिक अपस्थितिका हिसाबले २८ डिग्री ५८ मिनेट उत्तरदेखि २९ डिग्री ०७ मिनेट उत्तरी अक्षांश र ८२ डिग्री ११ मिनेट पूर्वदेखि ८२ डिग्री ४१ मिनेट पूर्वी देशान्तर बीच फैलिएको छ । यो गाउँपालिका जाजरकोट जिल्लाको सदरमुखकाम खलङ्गादेखि उत्तरी दिशामा रहेको छ । यो गाउँपालिका मुख्य रुपमा दक्षिणी पूर्वी मोहडा फर्काएर उत्तर पश्चिम तर्फ फैलिएको छ । यस गाउँपालकाको पूर्वमा डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका र जाजरकोट जिल्लाको नलगाड नगर पालिका पर्दछ । पश्चिममा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका र जाजरकोट जिल्लाको कुशे गाउँपालिका पर्छ । त्यस्तै उत्तर तर्फ जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका पर्दछ भने दक्षिण तर्फ जाजरकोट जिल्लाको नलगाड नगरपालिका पर्दछ । गाउँपालकाको  घरधुरी सर्वेक्षण २०७५ अनुसार यो गाउँपालिकाको क्षेत्रफल ५७७.५ वर्ग कि.मि. रहेको छ भने यहाँको कुल घरधुरी ३५५७ र जनसंख्या २१७८९ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल घरधुरी संख्या ३८८७ र जम्मा जनसंख्या २२००५ रहेको छ ।  भौगोलिक रुपमा अति विकट र दुर्गम भएतापनि बारेकोट गाउँपालिकाको पर्यटकीय,  व्यवसायिक,  वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्त्वपूर्ण पहिचान दिएको छ । अवलोकन भ्रमण र जडिबुटी संकलनका दृष्टिकोणबाट महत्त्वपूर्ण सम्भावनाका साथै यहाँको ऐतिहासिक फलाम खानी र जल सम्पदाले महत्वपूर्ण सम्भावना बोकेको छ ।

जनगणना २०७८ सम्वन्धी थप जानकारिको लागि

Pages